काठमाण्डौ । वाणिज्य बैंकहरुको निक्षेप बढेको छ भने कर्जा लगानी घटेको छ। 

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चैत १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ। गत चैत १२ गतेसम्म कुल निक्षेप ४३ खर्ब २६ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले वाणिज्य बैंकहरुको निक्षेप एकैदिन ३ अर्ब रुपैयाँ बढेको छ। 

राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको कर्जा लगानी भने चैत १३ गते १ अर्ब रुपैयाँले घटेको छ। गत चैत १२ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ६७ अर्ब रुपैयाँ रहेकोमा चैत १३ गतेसम्म घटेर ४१ खर्ब ६६ अर्ब रुपैयाँमा झरेको छ। 

चैत १३ मा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप पनि २ अर्ब रुपैयाँ बढेर ४८ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ। गत चैत १२ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ९६ अर्ब रुपैयाँ रहेको थियो। 

बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने स्थिर रहँदै ४६ खर्ब ९५ अर्ब रुपैयाँ रहेको छ। बैंकहरुको सीडी रेसियो सामान्य घटेर ९०.७० प्रतिशत रहेको छ भने अन्तरबैंक ब्याजदर बढेर ७ प्रतिशत पुगेको छ।