काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ।

नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को तथ्यांक अनुसार चैत १२ गतेदेखि चैत १८ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको हो। 

यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब रुपैयाँले बढेको छ। योसँगै चैत १८ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ। गत चैत ११ गतेसम्म कुल निक्षेप ४३ खर्ब ३० अर्ब रुपैयाँ रहेको थियो।

यसैगरी यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी ५ अर्ब रुपैयाँले बढेको छ। योसँगै चैत १८ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ। गत चैत ११ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ७० अर्ब रुपैयाँ रहेको थियो। 

एनबीएका अनुसार चैत १८ गतेसम्म वाणिज्य बैंकहरुको हाल औसत सीडी रेसियो ९१.२० प्रतिशत रहेको छ।