काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ।

नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक गरेको पछिल्लो एक साता (चैत १९ गतेदेखि चैत २५ गतेसम्म)को तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप ३ अर्ब रुपैयाँले बढेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ। 

गत चैत १८ गतेसम्म बैंकहरुको कुल निक्षेप ४३ खर्ब ३१ अर्ब रुपैयाँ रहेको थियो।

यही अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ। गत चैत १८ गतसम्म बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको थियो।