काठमाण्डौ । वाणिज्य बैंकहरुको निक्षेप दुई दिनमै १२ अर्ब रुपैयाँले घटेको छ। 

नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को पछिल्लो तथ्यांकअनुसार वैशाख १ र २ गते वाणिज्य बैंकहरुको निक्षेप १२ अर्ब रुपैयाँले घटेको हो। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ७७ अर्ब रुपैयाँमा झरेको छ। गत चैत ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ८९ अर्ब रुपैयाँ रहेको थियो। 

यसैगरी यो २ दिनमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि २ अर्ब रुपैयाँले घटेको छ। वैशाख २ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९५ अर्ब रुपैयाँ रहेको छ। गत चैत ३० गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ९७ अर्ब रुपैयाँ रहेको थियो। 

वैशाख २ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ९०.७७ प्रतिशत रहेको छ।