काठमाण्डौ । एक सातामै वाणिज्य बैंकको निक्षेप १७ अर्ब रुपैयाँले घटेको छ।
नेपाल बैंकर्स एसोसिएन (एनबीए)को कात्तिक ५ गतेदेखि कात्तिक ११ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप १७ अर्ब रुपैयाँले घटेको हो। योसँगै कात्तिक ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब २४ अर्ब रुपैयाँमा झरेको छ।
कात्तिक ४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो।
कात्तिक लागेयता भने वाणिज्य बैंकहरुको कुल निक्षेप २३ अर्ब रुपैयाँले घटेको छ। गत असोज मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४७ अर्ब रुपैयाँ रहेको थियो।
यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह भने स्थिर देखिएको छ। गत कात्तिक ४ गतेसम्म वाणिज्य बैंकहरुबाट कुल ४२ खर्ब २५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो। कात्तिक ११ गतेसम्म पनि वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४२ खर्ब २५ अर्ब रुपैयाँ नै रहेको छ।
कात्तिक लागेयता भने वाणिज्य बैंकहरुबाट थप ५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। गत असोज मसान्तसम्म कुल कर्जा प्रवाह ४२ खर्ब २० अर्ब रुपैयाँ रहेको थियो।
कात्तिक ११ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो बढेर ८७.५८ प्रतिशत पुगेको छ। गत कात्तिक ४ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८७.२३ प्रतिशत रहेको थियो।
1 minute ago
20 minutes ago
30 minutes ago
53 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago