काठमाण्डौ। नेपाल नागरिक उड्डयन प्राधिरकणले नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ ढुवानीको अनुमति दिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रमबीच वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थको ढुवानी अनुमति प्रमाणपत्र प्रदान गरिएको हो। त्यस्ता सामान ढुवानीका लागि तोकिएका मापदण्डहरु पूरा गर्नुपर्ने अनुमतिपत्रमा उल्लेख छ।
योसँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले खतराको सूचीमा राखेर सुरक्षा अपनाएर ढुवानी गर्न सकिने गरी अनुमति दिएका वस्तु तथा पदार्थ ल्याउन नियमलाई बाटो खुलेको छ।
कार्यक्रममा पर्यटनमन्त्री प्रेम आलेले खतराजन्य पदार्थ आयात निर्यातको अनुमति पाउनु नेपालको लागि उपलब्धि भएको उल्लेख गरे। ‘खतराजन्य पदार्थ आयात–निर्यातमा अब व्यवसायीहरुलाई झन्झट हुने छैन’, उनले भने, ‘व्यवसायीहरुलाई पनि हरेक ठाउँमा झन्झट हुन्थ्यो। सामान ल्याउँदा कम्तीमा अब सोझै आउन सक्ने भयो। त्यो पनि एउटा उपलब्धि हो।’
7 minutes ago
39 minutes ago
52 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago