काठमाण्डौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले एकैपटक १ सय ७४ जना कर्मचारी मागेको छ । 

निगमले सिनियर क्याप्टेनदेखि ग्राउण्ड इक्युप्मेन्ट अपरेटरसम्मका विभिन्न पदका लागि एकैपटक यति ठूलो संख्यामा कर्मचारी मागेको हो । 

निगमले सबैभन्दा बढी वरिष्ठ सहायकमा ३४ जना कर्मचारी माग गरेको छ । त्यस्तै, सहायकमा १८ र जुनियर क्याप्टेनमा १५ जना कर्मचारी मागेको छ । 

निगमले नवौं तहमा काम गर्ने गरी १३ जना क्याप्टेनका लागि समेत दरखास्त आह्वान गरेको छ । 

निगमले वरिष्ठ प्राविधिक अधिकृतमा ९ जना, सिनियर कोपाइलटमा ९ जना, जुनियर कोपाइलट १३ जना, अपरेशन्स इञ्जिनियर ३ जना, सिभिल इञ्जिनियर २ जना, अटोमोवाइल इञ्जिनियर २ जना मागेको छ । 

यस्तै, प्रशासनमा काम गर्ने गरी अधिकृत १० जना, लेखा अधिकृत २ जना, वरिष्ठ सहायक ३४ जना, वरिष्ठ लेखासहायक ६ जना, प्रशासन सहायक १८ जना लगायतको पदमा समेत कर्मचारी माग गरेको छ । 

इच्छुकले फागुन १० गतेबाट २१ दिनभित्र दरखास्त दिन सक्ने बताइएको छ। 

निगमले सरकारी पत्रिका गोरखापत्रमा छापेको आवश्यकता सम्बन्धी सूचना यस्तो छ: