काठमाण्डौ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा कांग्रेसको गढलाई ध्वस्त बनाउँदै नेकपा एमालेको प्यानल नै विजयी भएको छ। 

स्थानीय तह निर्वाचन २०७४ मा यो पालिकामा नेपाली कांग्रेसले अध्यक्ष जितेको थियो । 

यो गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार रिनजिङ नामगेल गुरुङ ८६७ मत पाएर विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार आङजेन गुरुङले ५७७ मत मात्र पाएका थिए । 

यो गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेकी उम्मेदवार दिकी गुरुङले ७४९ मतसहित जितको झण्डा गाडेकी छिन् । कांग्रेसबाट उपमेयरका उम्मेद्वार धेव आङवो गुरुङले ६७७ मत प्राप्त गरिन्।