काठमाण्डौ । अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका धनीव्यक्तिको सूचीमा पाँचौँ स्थानमा पुगेका छन्। 

फोर्ब्सका अनुसार अडानीको कुल नेटवर्थ १२३.१ अर्ब डलर पुगेको छ। उनले बर्कशायर ह्याथवेका वारेन बफेटलाई पछि पार्दै यो स्थान हासिल गरे। अब बफेट १२१.७ अर्ब डलरको कुल अनुमानित नेटवर्थका साथ छैटौँ स्थानमा झरेका छन्।

रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी फोर्ब्सको विश्वका धनीव्यक्तिको सूचीमा आठौँ स्थानमा छन्। यसरी हेर्दा विश्वका १० धनीमध्ये दुई भारतीय छन्। अम्बानीको कुल नेटवर्थ १०३.७० अर्ब डलर रहेको अनुमान गरिएको छ।

विश्वका धनाढ्यहरुको सूचीमा टेस्ला र स्पेसएक्सका मालिक एलन मस्क पहिलो स्थानमा छन्। उनको कुल सम्पत्ति २६९.७० अर्ब डलर रहेको छ। अमेजनका संस्थापक जेफ बेजोस १७०.२ अर्ब डलरको कुल सम्पत्तिका साथ दोस्रो स्थानमा छन्। फ्रान्सका बर्नार्ड अर्नाल्ट र उनको परिवारको कुल सम्पत्ति १६६.८ अर्ब डलर रहेको छ। उनी तेस्रो स्थानमा छन्। 

फोर्ब्सको विश्वका धनीव्यक्तिको सूचीमा बिल गेट्स चौथो स्थानमा छन्। उनको कुल सम्पत्ति १३०.२ अर्ब डलर रहेको छ। यो सूचीमा ल्यारी एलिसन सातौँ स्थानमा छन्। उनको कुल कुल सम्पत्ति १०७.६ अर्ब डलर रहेको छ। 

ल्यारी पेजको कुल सम्पत्ति १०२.४ अर्ब डलरका नवौँ र सर्गेई ब्रिन ९८.५ अर्ब डलरको सम्पत्तिसहित १० औँ स्थानमा छन्। –एजेन्सी