काठमाण्डौ । आमरण अनशनरत तिलक कोइराला वार्ता गर्न भर्खरै नेपाल धितोपत्र बोर्ड (सेबोन)को कार्यालय भित्र प्रवेश गरेका छन्।
पुँजीबजार सुधार संघर्ष समितिका संयोजक समेत रहेका कोइराला र रोहन कार्की सेबोनका अधिकारीहरुसँग १९ बुँदे मागका विषयमा छलफल गर्न भित्र प्रवेश गरेको आन्दोलनमा मिडिया संयोजक एसपी चौलागाईंले बताए। ‘मागका विषयमा छलफल हुनेछ, सायद भित्रै सहमति हुनेछ’, उनले भने, ‘त्यसपछि समिति बनाएर एउटा वार्ता भएपछि माग कार्यान्वयनका विषयमा सेबोन अध्यक्षबाट प्रतिबद्धता हुन सक्छ।’
कोइरालाले गत असार १ गतेदेखि सेबोन कार्यालयबाहिर आमरण अनशनमा बसेका छन्। आज आमरण अनशनको १० औँ दिन हो।
लगानीकर्ताले उठाएका मागहरु कार्यान्वयन गर्न सेबोन र संघर्ष समितिबीच लगभग सहमति भएको छ। अबको केहीबेरमै सेबोन अध्यक्ष र अनशनरत कोइरालाबीच मागहरु पूरा गर्ने सेबोनको प्रतिबद्धतापत्रमा हस्ताक्षर हुनेछ।
त्यसपछि कार्यान्वयन समिति गठन हुनेछ। अनि त्यो कार्यान्वयन समितिको बैठकले कुन–कुन माग कुन निकाय पूरा गर्ने र कति समयावधिमा पूरा गर्ने भन्ने कुरा निक्र्यौल गर्नेछ। त्यसमा सेबोन अध्यक्षले प्रतिबद्धता जनाउनेछन्। त्यसपछि कोइरालाले अनशन तोड्ने बताइएको छ।
15 minutes ago
51 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
14 hours ago