काठमाण्डौ । जनकपुरधाम मुख्य कार्यालय रहेको सहयोगी विकास बैंक लिमीटेडले विभिन्न पदमा ३५ कर्मचारी मागेको छ । 

यो बैंकले डेपुटी जनरल म्यानेजरदेखि जुनियर असिस्टेन्ट पदसम्म कर्मचारी मागेको हो । डेपुटी जनरल म्यानेजर १ जना, सिनियर म्यानेजर २, सिनियर म्यानेजर, आइटीतर्फ असिस्टेन्ट म्यानेजर, आइटी जुनियर अफिसर तथा म्यानेजमेन्ट टेनी, जुनियर अफिसरतर्फ ५ जना, सिनियर असिस्टेन्ट ६ जना, असिस्टेन्ट ५ जना र जुनियर असिस्टेन्ट १३ जना मागेको छ । कम्पनीले प्रकाशित गरेको सूचना यस्तो छः

उता, तनहुँको दूलेगौडा मुख्य कार्यालय रहेको गणपति माइक्रोफाइनान्सले समेत प्रशिक्षार्थी सहायकतर्फ केही कर्मचारी मागेको छ । एसएलसी वा एसइई परीक्षा पास गरेकाहरुले अवसर पाउने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । कम्पनीको सूचना यस्तो छ: