काठमाण्डौ । बैंक तथा बित्तीय संस्थामा पछिल्लो समय दैनिकजसो नयाँ जागिरको अवसर खुलिरहेको छ । यही क्रममा सोमबार एक सूचना प्रकाशित गर्दै ओम डेभलपमेन्ट बैंकले विभिन्न १३ क्षेत्रका शाखा सम्हाल्ने म्यानेजर लगायत २ पदमा ६३ कर्मचारी माग गरेको छ । 

यो बैंकले काठमाण्डौको न्यूरोड, बागदरबार, बानेश्वर, टोखा,  ललितपुरको चापागाउँ, नवलपरासीको कावासोती र बर्दघाट, रुपन्देहीको सिद्धार्थनगर र तिलोत्तमा, दाङको लमही, मकवानपुरको हेटौडा, चितवनको भरतपुुर र कास्कीको पोखरा(बिरौटा) गरी १३ स्थानका शाखामा ब्राञ्च म्यानेजरमा दरखास्त आह्वान गरेको छ । 

सम्बन्धित बिषयमा स्नातक गरी ३ वर्षसम्म बैंक तथा बित्तीय संस्थामा सम्बन्धित कामको अनुुभवप्राप्तले ब्राञ्च म्यानेजरको पदमा आवेदन दिनसक्ने बताइएको छ । 

यस्तै, बैंकले असिस्टेन्ट तथा ट्रेनी असिस्टेन्ट पदमा ५० जना मागेको छ । यो पदमा फ्रेस जनशक्ति मागिएको हो । स्नातक उत्तीर्णले यो पदमा आवेदन दिनसक्नेछन् । आगामी अगस्ट ७ सम्म यी २ पदका लागि आवेदन दिइसक्नुुपर्ने सूचनामा उल्लेख छ । 

लघुवित्तमा पनि 
यसैबीच, जनसेवी लघुवित्त बित्तीय संस्थाले समेत २ पदमा केही कर्मचारी मागेको छ । शाखा प्रबन्धक(सहायक र वरिष्ठ सहायक)मा केही कर्मचारी मागिएको छ । स्नातक उत्तीर्ण वा प्लस टुु उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा कम्तीमा ३ वर्ष कामको अनुुभव भएकोले वरिष्ठ सहायक तथा प्लस टुु वा एसएलसी उत्तीर्ण भई लघुवित्त क्षेत्रमा ३ वर्ष काम गरी कम्प्युटर र लेखासम्बन्धी ज्ञान भएकोले दरखास्त पेश गर्नसक्ने बताइएको छ । 

यस्तै, यो लघुवित्तले एकजना सहायक प्रबन्धक पनि मागेको छ । ९ औं तहको यो पदमा स्नातकोत्तर वा सरहको परीक्षा उत्तीर्ण गरगी संगठित संस्थामा कम्तीमा २ वर्षको व्यवस्थापकीय अनुुभव प्राप्त गरेका वा स्नातक तह उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा कम्तीमा ६ वर्षको कार्यानुुभव भई पछिल्लो ३ वर्ष अधिकृत स्तरमा काम गरेकोले आवेदन दिनसक्ने बताइएको छ ।