काठमाण्डौ । विकास हाइड्रोपावर कम्पनीले १३ करोड ८८ लाख रुपैयाँ बढीको आईपीओ निष्कासन गर्ने भएको छ। 

कम्पनीले अधिकृत तथा जारी पुँजी ४६ करोड २८ लाख ५० हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने १३ करोड ८८ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले १०० अंकित दरका कुल १३ लाख ८८ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्नेछ।

यसैबीच विकास हाइड्रोपावरले आईपीओ निष्कासनका लागि प्रभु क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

यस सम्बन्धमा आज विकास हाइड्रोपावर प्रभु क्यापिटलबीच सम्झौता भएको हो। सम्झौतापत्रमा विकास हाइड्रोपावरका प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्। 

विकास हाइड्रोपावरले गोरखा जिल्लाको दार्चे गाउँपालिकास्थित माछाखोलामा अपर माछाखोला स्मल हाइड्रोपावर आयोजना निर्माणा गरिरहेको छ। कुल ४.५५ मेगावाट क्षमताको यस आयोजना हाल ५० प्रतिशत निर्माकार्य सम्पन्न भइसकेको कमपनीले जनाएको छ।