काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
संस्थाको सञ्चालक समितिको आइतबार (चैत ५ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही चैत २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट–८स्थित विजय विकास स्रोत केन्द्रमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षका मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल २१.०५२६ प्रतिशत लाभांश वितरण प्रस्ताव अनुमोदन गर्नेछ। जसमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश छन्।
सभाले संस्थाको संस्थापक सेयर ५१ प्रतिशत नघट्ने गरी बढीमा १० प्रतिशत विन्दुसम्मको सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने प्रयोजनका लागि आवश्यक प्रक्रिया सुरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सभामा विजय लघुवित्त र नयाँ सारथी लघुवित्तबीच आपसमा मर्ज हुने सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत हुने अध्यक्षको प्रतिवेदन छलफल गरी स्वीकृत हुनेछ। मर्जर प्रयोजनका लागि संयुक्त मर्जर समितिबाट निर्धारित सेयर आदान–प्रदान १ः१ लाई पारित गरी सभाले मर्जरलाई स्वीकृति प्रदान गर्नेछ।
विजय लघुवित्त र नयाँ सारथी लघुवित्तबीचको मर्जर प्रक्रिया पूरा भएपछि सर्वसाधारण र संस्थापकबीचको पुँजी संरचना मिलाउन सम्बन्धित निकायबाट स्वीकृत लिई सर्वसाधारणमा थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने र सोसम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
प्रयोजनका लागि भएका हालसम्म सम्झौतापत्र, मूल्यांकन प्रतिवेदनलगायतका सम्पूर्ण कार्य सभाले स्वीकृत गर्नेछ भने मर्जरका लागि अन्तिम सम्झौता गर्ने अधिकार सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव स्वीकृत गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि संस्थाले चैत १६ गतेदेखि चैत २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
11 minutes ago
44 minutes ago
53 minutes ago
58 minutes ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago