काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने क्रममा एनएमबी बैंकले लगानीकर्तालाई झुक्याउने काम गरेको छ ।
नाफा बढी देखाउने उद्देश्यले यो बैंकले अघिल्लो वर्षको यही अवधिको केही सूचकमा चलखेल गरी लगानीकर्तालाई बेवकुफ बनाउने काम गरेको भेटिएको हो ।
एनएमबी बैंकले शुक्रबार चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको थियो । जसमा खूद नाफा १६०.३६ प्रतिशतले बढेको देखाइएको छ । तर, यो पूर्ण रुपमा गलत भएको देखिएको हो ।
बैंकले आफ्नो वेबसाइटमा पनि खूद नाफा १६०.३६ प्रतिशत नै बढेको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकको सोही वेबसाइटमा प्रकाशित अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणमा खूद नाफा ८१ करोड ५१ लाख रुपैयाँ रहेको देखाइएको छ । तर, यो वर्षको वित्तीय विवरणमा भने अघिल्लो वर्षको सोही अवधिमा बैंकले २७ करोड १८ लाख मात्र खूद नाफा आर्जन गरेको देखाइएको छ ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरणका आधारमा अधिकांश मिडियाले खूद नाफामा निकै ठूलो प्रगति भएको भन्दै समाचार प्रकाशन गरेका थिए । तर, बैंकले गरेको भनिएको अधिक प्रगतिको फ्याक्ट चेक गर्दै जाँदा फ्रड फेला परेको हो ।
बैंकले हालसम्म पनि खूद नाफामा चलखेल गरी प्रकाशित गरेको वित्तीय विवरण सच्याएको छैन । यसबाट समेत बैंकले सुनियोजित ढंगले नै वित्तीय विवरण र खूद नाफासहितको केही सूचकमा चलखेल गरेको बुझ्न सकिन्छ ।
खूद नाफा ह्वात्तै बढेसँगै बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानीतर्फ पनि निकै ठूलो फड्को मारेको देखाइएको छ । तर, इपीएसको वास्तविकता पनि निकै फरक देखिएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी(वार्षिकीकृत) ३२ रुपैयाँ ५१ पैसा रहेको थियो । तर, बैंकले भने गत वर्षको इपीएस १० रुपैयाँ ८४ पैसा मात्र देखाएर यो वर्ष २० रुपैयाँ ५८ पैसा कायम भएको देखाएर झूठको खेती गरेको छ ।
त्यति मात्र होइन, बैंकले संचालन मुनाफामा समेत झूठको खेती गरेको छ । शुक्रबार प्रकाशित वित्तीय विवरणमा अघिल्लो वर्ष संचालन मुनाफा ४० करोड रहेको र यो वर्ष १ अर्ब माथि पुगेको देखाइएको छ । अघिल्लो वर्षको संचालन मुनाफा सही नभएको देखिएको हो ।
निक्षेप तथा कर्जा परिचालनको अवस्था लगायतका सूचकमा पनि झूठको खेती गरेको देखिएको छ ।
अघिल्लो वर्ष बैंकको रिटेन अर्निंग २ अर्ब २५ करोड रहेको थियो । तर, शुक्रबार प्रकाशित विवरणमा भने १ अर्ब ७३ करोड मात्र देखाइएको छ र यो वर्ष यस्तो अर्निंग २ अर्ब ३४ करोड रहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19