काठमाण्डौ । ट्विटर, मेटा (फेसबुक) र अमेजनजस्ता प्राविधिक कम्पनीले कर्मचारी कटौती गरेसँगै अब गुगलले त्यही बाटो पछ्याउने भएको छ।
गुगलको मूल कम्पनी अल्फाबेटले चाँडै कर्मचारी कटौती गर्न थाल्ने अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन्।
द इन्फर्मेसनको रिपोर्टअनुसार गुगलले आफ्ना करिब ६ प्रतिशत अर्थात १० हजार कर्मचारीलाई जागिरबाट निकाल्न सक्छ। कम्पनीले सबैभन्दा पहिले कम प्रदर्शन गर्ने वा सोचेभन्दा कम प्रदर्शन गर्नेहरुलाई पहिचान गर्दै कटौती गर्नेछ।
कर्मचारी कटौतीका कारण कम्पनीको बिग्रँदै गएको विश्वव्यापी खस्किँदा वित्तीय अवस्था रहेको बताइएको छ।
भर्खरै केही विश्वव्यापी प्राविधिक कम्पनीहरु अमेजन, ट्विटर र मेटाले हजारौँ कर्मचारीलाई जागिरबाट निकालेका थिए। ट्विटर प्रमुख एला मस्कले माइक्रो ब्लगिङ साइटलाई आफ्नो हातमा लिएपछि ७ हजार ५०० कर्मचारीलाई जागिरबाट निकालेका थिए।
गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाईले केही महिनाअघि नै कर्मचारी कटौतीकोसंकेत गरेका थिए। उनले भनेका थिए, ‘गुगल एउटा कम्पनीका रुपमा विश्वास गर्दछ कि जब तपाइँसँग पहिलेभन्दा कम स्रोत छन्, तपाइँले काम गर्न सही चीजहरुलाई प्राथमिकता दिनुपर्छ। त्यस्तो अवस्थामा तपाइँका कर्मचारीहरु साँच्चै उत्पादक छन् कि छैनन् हेर्नुपर्छ।’
धेरै ठूला टेक कम्पनीहरुले कोभिडको समयमा अनलाइन कामका लागि ठूलो संख्यामा मानिसलाई हायर गरेका थिए। कोरोनाको महामारी लामो समयसम्म रहन्छ कि भन्ने डर थियो तर त्यसो भएन। –एजेन्सी
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago