काठमाण्डौ । भारतीय अर्थतन्त्रका विषयमा पछिल्लो समय निरन्तर खराब समाचारहरु बाहिरिहेका छन्। अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ ऐतिहासिक रुपमा कमजोर बनेको छ। 

हाल १ डलरको खरिद मूल्य भारु ८० नाघेको छ। यससँगै भारतको विदेशी मुद्रा सञ्चितिमा पनि लगातार गिरावट आएको छ। भारतको विदेशी मुद्रा सञ्चिति ८.०६२ अर्ब डलरको गिरावटसँगै ५८०.२५२ अर्ब डलरमा झरेको छ। यो विगत १५ महिनायताकै न्यून विन्दुमा आएको छ। 

भारतीय रिजर्भ बैंक (आरबीआई) को साप्ताहिक तथ्यांक गत शुक्रबार सार्वजनिक भएको थियो। विदेशी मुद्रा सम्पत्ति (एफसीए) मा आएको गिरावटका कारण सबैभन्दा बढी असर परेको आरबीआईले जनाएको छ। योसँगै भारतमा सुनको सञ्चिति पनि घटेको छ। जुलाई ८ मा एफसीए ६ अर्ब ६५ करोड डलरले घटेर ५१८.०८९ अर्ब डलर पुगेको थियो।

एफसीए डलरबाहेक पाउन्ड, युरो र येनजस्ता मुद्रामा उतारचढ़ावबाट पनि प्रभावित छ। सुनको भण्डार १.२३६ अर्ब डलरले घटेर ३९.१८६ अर्ब डलर झरेको छ। यसबाहेक अन्तर्राष्ट्रिय मुद्रा कोषको एसडीआर पनि १२.२ करोड डलरले घटेर १८.०१२ अर्ब डलर पुगेको छ।

जुन १९९१ मा भारतको विदेशी मुद्रा भण्डार लगभग खाली थियो। त्यतिबेला १ अर्ब डलरभन्दा कम बाँकी थियो। यो डलर बेल २० दिनमा तेल र खाद्यान्न बिलहरु भुक्तान गरेपछि सकिएको थियो। 

भारतसँग बाँकी विश्वसँग व्यापार गर्न पर्याप्त विदेशी मुद्रा पनि थिएन। भारतको बाह्य ऋण ७२ अर्ब डलर पुगेको थियो। त्यतिबेला भारत ब्राजिल र मेक्सिकोपछि विश्वको तेस्रो ठूलो ऋणी राष्ट्र थियो। देशको अर्थतन्त्र र सरकारप्रति जनताको विश्वास समाप्त हुन थालेको छ। मुद्रास्फीति, राजस्व घाटा र चालु खाता घाटा दोहोरो अंकमा पुगेको छ।

विदेशी मुद्रा किन आवश्यक छ ?

कुनै पनि अर्थतन्त्रमा पर्याप्त विदेशी मुद्रा हुनु धेरै कुरामा महत्वपूर्ण हुन्छ। विदेशी मुद्राले अमेरिकी डलरलाई बुझाउँछ। अमेरिकी मुद्रा डलरको विश्वव्यापी मुद्राका रुपमा चिनिएको छ। 

अन्तर्राष्ट्रिय व्यापारमा डलर र युरो धेरै लोकप्रिय र स्वीकार्य छन्। विश्वभरका केन्द्रीय बैंकमा रहेको विदेशी मुद्रा सञ्चितिमध्ये ६४ प्रतिशत अमेरिकी डलरमा छ। यस्तो अवस्थामा डलर आफैँमा विश्वव्यापी मुद्रा बन्छ। 

इन्टरनेशनल स्ट्यान्डर्ड अर्गनाइजेसनको सूचीअनुसार विश्वभर कुल १८५ मुद्रा छन्। यद्यपि यी अधिकांश मुद्रा आफ्नै देशभित्र प्रयोग गरिन्छ। संसारमा कुनै पनि मुद्रा कति हदसम्म प्रचलित छ, त्यो त्यस देशको अर्थतन्त्र र शक्तिमा भर पर्छ। 

विश्वको ८५ प्रतिशत व्यापार डलरमा गरिन्छ। अन्तर्राष्ट्रिय ऋण पनि डलरमा मात्र दिइन्छ। त्यसैले विदेशी बैंकहरुलाई अन्तर्राष्ट्रिय व्यापारमा डलर चाहिन्छ। –एजेन्सी