काठमाण्डौ । चीनले बुधबारदेखि विदेशी नागरिकका लागि भिसा जारी गर्ने भएको छ।
कोरोना महामारी सुरु भएदेखि नै चीनमा लगाइएको प्रतिबन्ध हटाउनका लागि यसलाई ठूलो निर्णय भनिएको छ।
चीनको परराष्ट्र मन्त्रालयले मार्च २०२० भन्दा पहिले जारी भएका भिसाका माध्यमबाट विदेशी नागरिकलाई चीन आउन अनुमति दिइने जनाएको छ।
महामारी सुरु हुनुअघिको वर्षमा ६० करोड विदेशी नागरिकले चीन भ्रमण गरेका थिए।
विश्वभर यात्रा प्रतिबन्ध हटाइएपछि पनि चीनले प्रतिबन्धहरु कायम राख्यो। गत वर्षसम्म चीनमा कडा प्रतिबन्धहरु लागू थिए। लकडाउन र अन्य बन्देजलाई लिएर सडकमा उत्रिएर जनताले आक्रोश व्यक्त गरेका थिए। –एजेन्सी
41 minutes ago
48 minutes ago
53 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago