काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशी संस्थाको नेपालमा खुलेका शाखालाई विभिन्न खाले रिप्याट्रिएसन सुविधा प्रदान गर्ने भएको छ। 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा जारी एकीकृत परिपत्रमा संशोधन गर्दै विदेशी लगानीअन्तर्गत नपर्ने विदेशी संस्थाको नेपालमा स्थापित शाखालाई विभिन्न रिप्याट्रिएसन सुविधा प्रदान गर्ने व्यवस्था ल्याएको हो। 

यस्ता छन् विदेशी संस्थाको नेपालमा दर्ता भएको शाखालाई यस्ता रिप्याट्रियसन सुविधा– 

  • शाखाको दर्तासम्बन्धी कागजातको प्रतिलपि,
  • शाखाको स्थायी लेखा नम्बर दर्तासम्बन्धी कागजातको प्रतिलपि,
  • रिप्याट्रिएसनको सटही सुविधा लिने सम्बन्धमा नेपालस्थित शाखाको सञ्चालक समिति वा अख्तियारप्राप्त अधिकारीको निर्णयको प्रतिलिपि,
  • नेपालस्थित शाखाको पछिल्लो लेखापरीक्षण प्रतिवेदन। साथै, रिप्याट्रिएसन माग गरिएको आर्थिक वर्ष फरक भएमा सो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसमेत,
  • पछिल्लो करचुक्ता प्रमाणपत्रको प्रतिलिपि। साथै, रिप्याट्रिएसन माग गरिएको आर्थिक वर्ष फरक भएमा सो वर्षको कर चुक्ता प्रमाणपत्र समेत,
  • कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाण (सम्पूर्ण कागजातसहित निवेदन पेश गर्दा ६ महिना व्यतीत नभएको),
  • नेपाली बैंक तथा वित्तीय संस्थाबाट भाखा नाघेको कर्जा नभएको, विदेशी मुद्राको अपचलन नगरेको–नगर्ने, तिर्न बाँकी कुनै पनि कर दायित्व नरहेको, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधिमा वित्तीय लगानी निवारणसम्बन्धी प्रचलित राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनी व्यवस्थाको पालना हुने र प्रचलित कानूनी व्यवस्थाको पालना भएको–हुने व्यहोरा सहितको निवेदकबाट स्वघोषणा, 
  • रिप्याट्रिएसनका माग गरिएको रकममा अग्रिम आयकर, मूल्य अभिवृद्धि करलगायतका प्रचलित कानुनबमोजिम कर लाग्ने भए त्यस्तो कर दाखिला गरेको प्रमाण,
  • नेपालस्थित शाखा र विदेशस्थित मुख्य संस्था बीच सम्बन्ध स्थापित हुने कागजात, 
  • मुख्य संस्थाको दर्तासम्बन्धी कागजातको प्रमाणित प्रतिलिपि,
  • मुख्य संस्थाको कर दर्तासम्बन्धी कागजातको प्रमाणित प्रतिलिपि,
  • मुख्य संस्थाको पछिल्लो लेखापरीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि,
  • नेपालबाट रिप्याट्रिएसन लिने सम्बन्धमा विदेशी मुख्य संस्थाको सञ्चालक समिति (सञ्चालक समिति नहुने प्रकृतिको संस्था भए अख्तियारप्राप्त अधिकारी) को निर्णयको प्रमाणित प्रतिलिपि (रकम रिप्याट्रिएसन हुने बैंकखाता सम्बन्धी विवरण (विदेशी बैंक तथा वित्तीय संस्थाको नाम, ठेगाना, खाताको नाम, नम्बर आदि) समेत उल्लेख भएको)।
  • यस्तो रिप्याट्रिएसन आर्थिक वर्षगत रुपमा मात्र उपलब्ध हुनेछ।
  • रिप्याट्रिएसन गर्दा नेपालस्थित शाखाको लेखापरीक्षण प्रतिवेदन र कर कार्यालयमा पेश भएको वित्तीय विवरणमा उल्लिखित बिक्री–आम्दानी, खुद नाफा र आयकर रकम लगायतका विषयमा तादात्म्य हुनु पर्नेछ।
  • रिप्याट्रिएसन सुविधा प्रदान गर्दा सोही आर्थिक वर्षको लागि कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट त्यस्तो सटही सुविधा नलिएको स्वघेषणा समेत नेपालस्थित शाखाबाट लिनु पर्नेछ।
  • नेपालमा दर्ता भएको शाखा प्रचलित विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनबमोजिम विदेशी लगानी तथा प्रविधि हस्तान्तरणअन्तर्गत नपर्ने व्यहोरा उल्लेख भएको विदेशी लगानी स्वीकृत गर्ने निकायको पत्र।
  • शाखाको खुद नाफा रिप्याट्रियसन गरिदिनेसम्बन्धी रकम तथा आर्थिक वर्ष समेत खुल्ने गरी सम्बन्धित नियामक निकायको सिफारिस पत्र।
  •