काठमाण्डौ । पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गएको देखिएको छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकबाट यस्तो देखिएको छ। तथ्यांकअनुसार हाल ११ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति रहेको छ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९–८० को १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
२०७९ असार मसान्तमा रु. १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भई २०८० वैशाख मसान्तमा रु. १४ लाख ७० अर्ब ३३ करोड पुगेको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० वैशाख मसान्तमा १७.६ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड कायम भएको छ।
9 hours ago
20 hours ago
20 hours ago
21 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago