काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणमा ठूलो संख्या नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरिएको छ।
प्राधिकरणले आज एक सूचना प्रकाशित गरी रिक्त विभिन्न पदमा नयाँ कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको हो। प्राधिकरणले ३ तहदेखि १० औँ तहसम्म दरखास्त माग गरेको छ।
प्राधिकरण रिक्त पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न लागेको हो। इच्छुक उम्मेदवारहरुले आउँदो असोज २० गतेसम्म दरखास्त पेस गर्न सक्नेछन्। दोब्बर दस्तुर तिरी असोज २७ गतेसम्म दरखास्त दिन सकिनेछ।
दरखास्त अनलाइनमार्फत दिनुपर्ने प्राधिकरणले जनाएको छ।
10 minutes ago
54 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago