काठमाण्डौ । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा कम्पनीले ४ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ४ करोड १४ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी २७.५२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १० करोड ५४ लाख रुपैयाँको विद्युत बिक्री गरेकोमा समीक्षा अवधिमा बढेर १३ करोड ४५ लाख रुपैयाँ पुगेको छ। 

कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि बढेर ३ करोड ६१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २६ करोड ७० हजार रुपैयाँमा सीमित थियो।

चुक्तापुँजी ४२ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ८ लाख ४८ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भ ४ करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १०.९७ रुपैयाँ रहेको छ। पीई रेसियो ४३.२९ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १००.२० रुपैयाँ रहेको छ।