काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको परिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले २२ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ६५.२२ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले ६४ लाख १४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। 

चौथो त्रैमासमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि २९.६९ प्रतिशतले घटेर ५ करोड ९७ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष कम्पनीले ८ करोड ५० लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो। 

चुक्तापुँजी २६ करोड ६९ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ६९.०२ प्रतिशतले घटेर ५० लाख २४ हजार रुपैयाँ सीमित बनेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ १ करोड ६२ लाख रुपैयाँको रहेको थियो। 

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ९६ पैसा र प्रतिसेयर नेटवर्थ १०१.८८ रुपैयाँ रहेको छ। 

कम्पनीले गत आर्थिक वर्षमा प्रसारण लाइनका कारण आयोजना पूर्ण क्षमतामा चल्न नपाएकोले अघिल्लो वर्षको तुलनामा आम्दानीमा गिरावट आएको जनाएको छ।