काठमाण्डौ । नेपाल विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) बीच हवाई सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज घिमिरेले हस्ताक्षर गरेका छन्।
सम्झौताबमोजिम वायुसेवा निगमको जहाजमा यात्रा गर्दा प्राधिकरणका कर्मचारी र तिनका परिवारले टिकटमा १५ प्रतिशत र सामान ढुवानीमा ५१० प्रतिशत छुट पाउनेछन्।
सम्झौता कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको उपस्थितिमा भएको थियो।
कार्यक्रममा कार्यकारी निर्देशक घिसिङ सम्भव भएसम्म अफिसियल काममा वायुसेवा निगम नै प्रयोग प्रतिबद्धता व्यक्त गरेका छन्।
2 minutes ago
13 minutes ago
13 minutes ago
35 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago