काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा १७ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ३७.७२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १२ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट आम्दानी ५१.०१ प्रतिशत बढाएर ४३ करोड ५० लाख रुपैयाँको उचाइमा पुर्याउन सफल भएको छ। गत वर्ष विद्युती बिक्रीबाट कम्पनीले २८ करोड ८१ लाख रुपैयाँमात्रै आम्दानी गरेको थियो। 

कम्पनीले यो अवधिमा ३० लाख ४३ हजार रुपैयाँमात्रै अन्य स्रोतबाट आम्दानी गरेको छ। यस्तो आम्दानी गत वर्ष यही अवधिमा ६ करोड २९ लाख रुपैयाँ थियो। 

चुक्तापुँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीले जगेडाको आकार घटेर २६ करोड ३१ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा जगेडामा २८ करोड १ लाख रुपैयाँ थियो। 

कम्पनीको ईपीएस ८.४ रुपैयाँ, पीई रेसियो ३६.९५ गुणा र प्रतिसेयर नेटवर्थ १०९.५४ रुपैयाँ रहेको छ।