काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। 

समीक्षा अवधिसम्म कम्पनीले ३ करोड ३९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ९७ लाख ९३ हजार रुपैयाँ खुद घाटा व्यहोरेको थियो। 

चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी बढेर ७ करोड ८१ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट हुने आम्दानी ४ करोड ८० लाख रुपैयाँमा सीमित थियो। अन्य स्रोतबाट आम्दानी पनि बढेर १ लाख ७५ हजार रुपैयाँबाट घटेर ५ लाख ५१ हजार रुपैयाँ भएको छ। 

चुक्तापुँजी ३८ करोड ६९ लाख रहेको कम्पनीको रिजर्भ २ करोड ५४ लाख रुपैयाँले ऋणात्मक छ। अघिल्लो वर्ष रिजर्भमा १ करोड २ लाख रुपैयाँ थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८.७७ रुपैयाँले ऋणात्मक रहेको छ। प्रतिसेयर नेटवर्थ ९८.३२ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो २८.५० गुणाले ऋणात्मक छ।