काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। 

समीक्षा अवधिमा कम्पनीले १ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २ करोड १९ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

चौथो त्रैमासमा कम्पनीको विद्युत बिक्रीबाट ११ करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युती बिक्रीबाट आम्दानी गर्न सुरु गरिसकेको थिएन। 

चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १.१० रुपैयाँ रहेको छ। अघिल्लो वर्ष ईपीएस २.०१ रुपैयाँले ऋणात्मक थियो। प्रतिसेयर नेटवर्थ ९४.३१ रुपैयाँ रहेको कम्पनी पीई रेसियो ३७२.६८ गुणा रहेको छ।