काठमाण्डौ । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले आर्थिक वर्ष २०७८/७९को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा कम्पनीले ५ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ४ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ११.९८ प्रतिशतले बढेको छ।
यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १८ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ। यो आम्दानी अघिल्लो वर्षको तुलनामा ३८.७६. प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले विद्युत बिक्रीबाट १३ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको थियो।
चुक्तापुँजी ४२ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार बढेर ५ करोड २३ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ८ लाख ४८ हजार रुपैयाँमात्रै थियो।
कम्पनीको वार्षिकीकरण ईपीएस १२.२९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११२.४७ रुपैयाँ र पीई रेसियो ५९.४० गुणा रहेको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago