काठमाण्डौ । विद्युत् बिक्री आम्दानीमा उछाल आउँदा पनि शिवश्री हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घाटा व्यहोर्नुपरेको छ।
आज सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ३ करोड ४८ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्षको यही अवधिमा पनि कम्पनीले १० करोड ३३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
यो अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा २५५.१३ प्रतिशत बढेर १५ करोड ५० लाख रुपैयाँ भएको छ। जब कि अघिल्लो वर्ष कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ३६ लाख रुपैयाँमात्रै आम्दानी गरेको थियो।
यो कम्पनीको सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकामा निर्माण गरेको माथिल्लो चाकु ए जलविद्युत आयोजनाले २०७८ जेठ १ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ।
चुक्तापुँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ ५७ करोड ३० लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि रिजर्भ ८ करोड ४९ लाख रुपैयाँले ऋणात्मक थियो।
समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ९.४४ रुपैयाँले ऋणात्मक रहेको छ। पीई रेसियो १८.३५ गुणाले ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ६१.१९ रुपैयाँ रहेको छ।
22 hours ago
22 hours ago
22 hours ago
22 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago