काठमाण्डौ । मनकामना दरौँदी हाइड्रोपावर कम्पनीले ११ लाख कित्ता बढी सेयर बिक्री गर्ने भएको छ। 

कम्पनी सञ्चालक समितिको बैठकले ११ लाख २ हजार १५० कित्ता सेयर नेपाल विद्युत प्राधिकरणका पूर्वकर्मचारीलाई बिक्री गर्ने भएको हो। 

गोरखा जिल्लास्थित दरौदी नदी जलविद्युत आयोजना (९.८४ मे.वा.)को चुक्तापुँजी वृद्धि गर्न कम्पनीमा जगेडा रहेको जारी पुँजीको १०० अंकित दरका सेयर तत्काल कायम रहेका १७२ जना सेयरधनीहरुलाई बिक्री गर्न गत मंसिर १९ गते सूचना प्रकाशित गरेको थियो। तर, त्यति बेला बिक्री हुन बाँकी रहेको उक्त सेयर कम्पनीले विद्युत प्राधिकरणका पूर्वकर्मचारी बिक्री गर्न लागेको हो। 

प्राधिकरणका पूर्वकर्मचारीले न्यूनतम १०० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म खरिद गर्न पाउनेछन्। यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र कम्पनीको नाममा रहेको बैंक खातामा रकम जम्मा गरेको बैंक भौचर र नागरिकताको प्रमाणपत्र र अन्य आवश्यक कागजातसहित कम्पनीको काठमाण्डौको बागबजारस्थित कार्यालयमा सम्पर्क गर्न कम्पनील आग्रह गरेको छ। 

इच्छुक पूर्वकर्मचारीले सेयर खरिदका लागि कम्पनीको सानिमा बैंक (खाता नं. ९१००१००२००००००२) र एभरेस्ट बैंक (खाता नं. ०४४००१०५२००७१४) मा रकम जम्मा गर्न सक्नेछन्।