काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ।
साविक नेपाल सेवा लघुवित्त र विन लघुवित्तबीच मर्जरको मर्जर प्रक्रिया पूरा भइसकेकोले नेप्सेको आजको निर्णयले विन नेपाल लघुवित्तको सेयर कारोबार फुकुवा गरेको छ। मर्जर प्रयोजनका लागि नेप्सेले साविक नेपाल सेवा लघुवित्तको सेयर कारोबार रोक्का राखेको थियो।
साविक नेपाल सेवा लघुवित्त र विन लघुवित्त आपसमा १ः०.७५ सेयर स्वाप रेसियामा मर्जर भएका हुन्। यी दुवै लघुवित्तको मर्जरपछि संस्थाको नाम विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड राखिएको छ।
मर्जरपछि साविकको विन लघुवित्तको १०० अंकित दरका कुल ७ लाख २४ हजार ४६३ कित्ता साधारण सेयर नेप्सेमा विन नेपाल लघुवित्तको नाममा सूचीकृत पनि भएको छ।
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago