काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालकस समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ६ करोड १५ लाख रुपैयाँको कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ११ प्रतिशतले हुन आउने ६७ लाख ६५ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजर्ना ०.५ प्रतिशतले हुन आउने ३ लाख ३८ हजार २५० रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।