काठमाण्डौ । सरकारले विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्ध कूटनीतिक नियोगका हकमा लागू नहुने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक सूचना जारी गर्दै सरकारले विभिन्न विलासिताका वस्तुमा लगाएको आयात प्रतिबन्ध कूटनीतिक नियोगका हकमा लागू नहुने स्पष्ट पारेको हो।
सरकारले वैशाख १३ गते निकासी तथा पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी विभिन्न वस्तुको पैठारीमा पूर्ण बन्देज लगाउने निर्णय गरेको थियो। यो व्यवस्थाले पैठारीमा बन्देज लगाइएका उल्लिखित वस्तुहरु नेपालस्थित कूटनीतिक नियोग, कूटनीतिक सुविधा प्राप्त अन्तर्राष्ट्रिय संघसंस्था तथा सोमा कार्यरत कूटनीतिक सुविधा प्राप्त विदेशी कर्मचारीको निजी प्रयोगका लागि पैठारी गर्न बाधा नपर्ने मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलद्वारा जारी सूचनामा जनाइएको छ।
यसअघि राजपत्र प्रकाशित गर्दा सरकारले यो कुरा समावेश गरेको थिएन। अहिले मन्त्रालयले पुनः यी कुरा राजपत्रमा समावेश गरेको छ।
योसँगै अब कूटनीतिक नियोगहरुले महँगा गाडीलगायतका वस्तुहरु खरिद गर्न पाउने बाटो खुला भएको छ।
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago