काठमाण्डौ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन्।
बैंकको काठमाण्डौको त्रिपुरेश्वरस्थित थापाथली शाखाले नेपाल दृृष्टिविहीन कल्याण संघमा अध्ययनरत बालबालिकाका लागि ब्रेल पुस्तक तयार गर्न १८७५ थान ब्रेल पेपर हस्तान्तरण गरेको छ। दृष्टिविहीन भएकाहरुको संरक्षण गर्दै उनीहरुको स्वास्थ्य र शिक्षामा समेत सहयोग प्रदान गर्ने सामाजिक कार्यमा लामो समयदेखि सक्रिय उक्त संस्थामा अध्ययनरत बालबालिकाहरुको शिक्षामा थप टेवा पुगोस् भन्ने उद्देश्यले बैंकले सहयोग प्रदान गरेको हो।
त्यस्तै बैंकको न्युरोड शाखाले सराङकोट धार्मिक एवं पर्यटक क्षेत्र विकास समितिलाई पंञ्चमुखी गणेश मूर्ति स्थापनाका लागि ५० हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ। धार्मिक एवं पर्यटकीय क्षेत्र विकासमा थप टेवा पुगोस् भन्ने हेतुले बैंकले उक्त आर्थिक सहयोग प्रदान गरेको हो।
यसैगरी बैंकको ठुटिपिपल शाखाले रुपदेन्हीको ओमसत्तिया गाउँपालिका–१ स्थित श्री गंगा विशुन आधारभूत विद्यालयलमा अध्ययनरत बालबालिकाका लागि बालउद्यानसम्बन्धी पिङ, ढिकेपिङलगायतका सामग्री हस्तान्तरण गरिएको छ। मनोरञ्जनका गतिविधिहरुले विद्यार्थीहरुको सर्वांगिण विकासमा सहयोग पुर्याउने हुँदा बैंकले बाल उद्यानका लागि सामग्री हस्तान्तरण गरेको हो।
उल्लेखित कार्यक्रम सँगसगै बैंकको रुकुम शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) लाई मिटिङ टेबुल निर्माण गरी हस्तान्तरण गरेको छ। प्रहरी कार्यालयको हाताभित्र सञ्चालनमा रहेको बैठक कक्षमा विभिन्न बैठक तथा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्न सहजता होस् भन्ने उद्देश्यले बैंकले उक्त कक्षमा मिटिङ टेबुल निर्माण गरेर जिल्ला प्रहरी कार्यालयलाई प्रदान गरेको हो।
7 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago