काठमाण्डौ । गत पुस ४ गतेबाट प्रारम्भ भएको ‘महिला सशक्तीकरणमा– महालक्ष्मी लाइफ’ कार्यक्रम देशका विभिन्न भागमा सम्पन्न भएको छ। 

यसै क्रममा पर्वतको कुस्मा, रौतहटको गौर,  धनुषाको ढल्केवर र सुनसरीको इटहरीमा यस सम्बन्धी तालिम कार्यक्रम सञ्चालन भएको छ। समाजमा पिछडिएर रहेका महिलालाई रोजगारी प्रदान गरी उनीहरुको आय बृद्धि गरि प्रोत्साहित गर्ने  कार्यक्रमको उद्देश्य रहेको छ। 

गत पुस २२ गते सिप विकास तालिम केन्द्र कुस्माको सभाहलमा कार्यालय प्रमुख सन्तोष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो। महालक्ष्मी लाइफकी धौलागिरी प्रमुख तथा प्रमुख अतिथि जमुना आचार्यले यस किसिमको शिपमुलक तालिमले महिलामा काम गर्न र आत्मनिर्भर हुन मद्दत हुने धारणा राखेकी थिइन्। सहभागीका तर्फबाट सुनिता ढकाल र शर्मिला तिवारीले महालक्ष्मी लाइफले महिला सशक्तीकरणमा गरेको प्रयासको प्रशंसा गरे। 

यसै क्रममा गत पुस २४ गते गौर नगरपालिकामा पनि कार्यक्रम सम्पन्न भएको छ। महिला नेतृ उमा झाको अध्यक्षतामा सम्पन्न कार्यक्रमममा स्वागत मन्तव्य कम्पनीका गौर प्रमुख राजेशकुमार साहले राखेका थिए। ६५ जनाको सहभागिता रहेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र बजार विभाग प्रमुख प्रशान्तराज धमलाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै प्रशिक्षण दिएका थिए। कार्यक्रमको सञ्चालन प्रकाश झाले गरेका थिए। 

धनुषाको ढल्केवरमा गत पुस २५ गते सम्पन्न कार्यक्रमकोे अध्यक्षता प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले गरेका थिए। प्रमुख कार्यकारी अधिकृत भट्टराई र बजार विभाग प्रमुख प्रशान्तराज धमलाले कार्यक्रमसम्बन्धी प्रशिक्षण दिएका थिए। कम्पनीका उपक्षेत्रीय प्रमुख लालबहादुर थापा मगरको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सञ्चालन रोहन घतानीले गरेका थिए। 

गत पुस २६ गते इटहरीको आईटीसी इन्टरनेसनल ट्रेनिङ सेन्टरमा ४० जना महिलालाई रोजगारी र आयआर्जनसम्बन्धी तालिम प्रदान गरिएको थियो। महिला सौन्दर्यसम्बन्धी क्षेत्रमा कार्यरत महिलाहरुलाई महालक्ष्मी लाइफ बिर्तामोड शाखाको सहकार्यमा तालिम प्रदान गरिएको थियो। कमलमान सिंह चौहानबाट सञ्चालित कार्यक्रममा पवित्रा बस्नेत र कम्पनीका उपक्षेत्रीय प्रमुख गुञ्जन थापाले कार्यक्रमको महत्व बारेमा प्रकाश पारेका थिए।