विराटनगर । विराटनगर महानगरपालिकाको ताजा मतपरिणाम प्राप्त भएको छ । सो क्षेत्रमा कांग्रेसको तर्फबाट मेयरका उम्मेद्वार नागेश कोइरालाले २६९ मतसहित अग्रता लिएका छन् । 

सुरुवाती अग्रतालाई बढाउँदै उनले २६९ मत ल्याएका हुन् । 

उनका निकटतम प्रतिद्वन्दी एमालेका सागर थापाले १८१ मतसहित पछ्याइरहेका छन् । 

उपमेयरमा भने एमालेकी उम्मेद्वार शिल्पा कार्कीले २२६ मतसहित अग्रता बनाएकी छिन् । उनलाई गठबन्धनका साझा उम्मेद्वार तथा उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले १५२ मतसहित पछ्याइरहेका छन् । 

एक संस्थाले यो क्षेत्रमो गरेको एक्जिट पोलमा मेयरमा नागेश कोइरालाले र उपमेयरमा एमालेकी कार्कीले जित्ने प्रक्षेपण गरेको छ । प्रारम्भिक मतपरिणाम सो प्रक्षेपणसँग नजिक देखिएको छ ।