काठमाण्डौ । नर्भिक अस्पतालको अन्तर्राष्ट्रियस्तरको आईभीएफ एन्ड फर्टिलिटी सेन्टरको सेवा काठमाण्डौबाहिर पनि विस्तार हुने भएको छ।
नर्भिकको आईभीएफ सेन्टरको सेवा प्रदेश १ को राजधानी विराटनगरमा समेत विस्तार हुने भएको हो।
नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार निकट भविष्यमै सेवा सञ्चालन गर्ने गरी विराटनगरमा आईभीएफ सेन्टर निर्माणको काम सुरु गरिएको छ।
विराटनगरको शनिहाट क्षेत्रमा सुविधासम्पन्न नर्भिक आईभीएफ सञ्चालन हुनेछ।
नर्भिकले थापाथलीमा भने २०७८ को असार तेस्रो साताबाट अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको अत्याधुनिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टर सञ्चालनमा ल्याएको थियो। नर्भिकको आईभीएफ एन्ड फर्टिलिटी सेन्टरको स्तरीय सेवालाई सेवाग्राहीले औधी मन पराएका छन्। सेवाग्राहीहरुको मागअनुसार नै काठमाण्डौमा सीमित यो सेवालाई अन्यत्र पनि विस्तार गर्न लागिएको मिश्रले जानकारी दिए।
हाल काठमाण्डौमा रहेको आईभीएफ टिमले नै विराटनगरमा पनि सेवा दिनेछ।
विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिहरुको प्रयोग गरी हाल थापाथलीमा विश्वस्तरीय सेवा दिइने गरिएको र सोही स्तरको सेवा विराटनगरमा पनि उपलब्ध हुनेछ।
देशका अन्य आईभीएफ सेन्टरमा जेनेटिक ल्याबको सुविधा छैन। तर, नर्भिकको यो सेन्टरमा वंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याबसमेत रहेको छ।
प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भ्रूणको अवस्था पहिचान गरी गर्भाधारण गराउने गरिन्छ। जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुनसक्ने विभिन्न खाले वंशाणुगत रोगको जोखिम निराकरण गर्न सकिन्छ।
29 minutes ago
55 minutes ago
1 hour ago
1 hour ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
14 hours ago