काठमाण्डौ । एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्यान कोशी प्रदेश कमिटी र पायोनियर ल एसोसिएट्सको सहकार्यमा विराटनगरको बञ्जारा चोकस्थित होटेल ह्यारिसन प्यालेसमा ‘रोड टु आईपीओ’ कार्यशाला सम्पन्न भएको छ।
कोशी प्रदेशका कर्पोरेट हाउसहरु, उत्पादन तथा प्रशोधन उद्योग तथा वास्तविक क्षेत्रहरुलाई आईपीओ निष्कासनको प्रक्रियामा चाहिने कानुनी र वित्तीय परामर्शका विषयमा सहजीकरण गराउन उक्त कार्यशाला आयोजना गरिएको क्यापिटलले जनाएको छ।
कार्यक्रममा पायोनियर ल एसोसिएट्सका म्यानेजिङ पार्टनर अनुपराज उप्रेती र एनआईबिएल एस क्यापिटलका डेपुटी जनरल म्यानेजर सचिन्द्र ढुंगानाको प्रस्तुति रहेको थियो।
एक्यान कोशी प्रदेश समितिका तर्फबाट कार्यक्रमको सफल कार्यान्वयनका लागि एक्यान कोशी प्रदेश प्रमुख सीए मनोज अधिकारी, सचिव सीए तीर्थ यादव र कोषाध्यक्ष सीए आश्वनी वंसलले सक्रिय भुमिका निर्वाह गरेका थिए।
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago