काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले युवाहरुबीच बीमासम्बन्धी जनचेतना ल्याउने उद्देश्यले सञ्चालन गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम विराटनगर र धनगढीमा आज सम्पन्न गरेको छ।

सिटी कलेज विराटनगरका प्रिन्सिपल तीर्थराज घिमिरेको अध्यक्षतामा विराटनगरमा सञ्चालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता थियो। बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटीका संयोजक खडक नारायण उडाउबाट सञ्चालित कार्यक्रममा जागरण अभियानका केन्द्रीय सदस्य सरोज पौडेलले कार्यक्रमको महत्वबारेमा प्रकाश पारेका थिए। 

कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला र उपक्षेत्रीय प्रमुख हीरा निरौलाले सहभागी युवालाई प्रशिक्षण दिएका थिए। कार्यक्रमपछि एजेन्सी मेनेजर खडक नारायण उडाउको संयोजकत्वमा २१ सदस्यीय बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटी गठन गरिएको थियो। 

त्यसैगरी आजै धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमीमा पनि ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ। 

कलेजका सहायक क्याम्पस प्रमुख उत्तमसिंह भण्डारीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रमुख हर्कबहादुर बोहराले बीमा जागरणको महत्व बारेमा प्रकाश पारेका थिए। 

कार्यक्रममा ८० जना विद्यार्थीको सहभागिता थियो। 

सहभागीलाई कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले प्रशिक्षण दिए। कार्यक्रमको सञ्चालन नायब अधिकृत नरेशबहादुर सिंहले गरेका थिए।