विराटनगर । नेपाली कांग्रेसमा कोइराला परिवारको गृहनगर विराटनगरमा कांग्रेसकै उम्मेद्वारले सुरुवाती अग्रता लिएका छन् । 

मतगणनामा खटिएका प्रतिनिधिहरुका अनुसार महानगरपालिकाको सुरुवाती मतपरिणामअनुसार सत्ता गठबन्धनको समेत समर्थनमा मेयरको उम्मेद्वार बनेका नागेश कोइरालाले २५ मतसहितको अग्रता लिएका छन् । 

उनलाई एमालेका तर्फबाट मेयरका उम्मेद्वार सागर थापाले ११ मतसहित पछ्याइरहेका छन् । 

यस्तै, स्वतन्त्र उम्मेद्वार उमेशकुमार यादवले ३ मत पाएका छन् । 

फ्याक्ट्स नेपाल नामक संस्थाले यो क्षेत्रमा गरेको एक्जिट पोलको नतिजामा कांग्रेसका उम्मेद्वार कोइरालाले फराकिलो मतअन्तरले जित्ने दाबी गरिएको छ ।