काठमाण्डौ । तपाइँ आफ्नो नजिकको मित्रलाई उसको बिहेमा सबैभन्दा महत्वपूर्ण के उपहार दिन सक्नुहुन्छ ?
महँगीको यो अवस्थामा छिमेकी मुलुक भारतमा एक नवविवाहित जोडीलाई साथीहरुले पेट्रोल र डिजेल उपहार दिएका छन्। भारतमा यतिबेला तेलको मूल्यमा उछाल आएसँगै मानिसहरु विवाहजस्ता अवसरमा पेट्रोल–डिजेल उपहारका रुपमा दिन थालेको भारतीय मिडियाहरुले जनाएका छन्।
बिहेमा पेट्रोल उपहार दिएको घटना भारतको तमिलनाडु राज्यको चेय्युर भन्ने ठाउँको हो। त्यहाँ विवाहित जोडी ग्रेस कुमार कीर्तनालाई उनका साथीहरुले उपहारस्वरुप १ लिटर पेट्रोल र १ लिटर डिजेल दिएका हुन्।
साथीहरुको यस्तो अनौठो उपहार देखेर दुलाहा–दुलही त सुरुमा अचम्ममा परेका थिए। तर, पछि उनीहरुले साथीहरुको उपहार सहर्ष स्वीकार गरे।
ती दुलाहा–दुलहीले बिहेको स्टेजमा पेट्रोल–डिजेल उपहार लिएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
भारतमा गत २२ मार्चदेखि तेलको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ। तेलको मूल्यमा भएको वृद्धिको प्रभाव तमिलनाडुमा समेत परेको छ। तमिलनाडुमा एक लिटर पेट्रोलको मूल्य भारु ११०.८५ र डिजेलको भारु १००.९४ रहेको छ। –एजेन्सी
7 minutes ago
30 minutes ago
50 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago