काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो विमान च्यअ ले एकपटक फेरि उडान भरेको छ। 

गत आइतबार यो विमानले करिब ८ महिनापछि पहिलोपटक परीक्षण उडान भरेको हो। यो विमान ४ घन्टा २३ मिनेटसम्म उडान भरेको थियो। यस क्रममा यो विमान उच्च पहाडी इलाकामा पुगेको थियो। 

विमान निर्माता कम्पनी स्ट्रेटोलन्चले यो विमान २३५०० फिट उचाइसम्म गएको दाबी गरेको छ। जुन अहिलेसम्मकै सबैभन्दा राम्रो उडान हो। 

यसअघिको उडानमा यो विमानले करिब १७००० फिटसम्म उडान भरेको थियो। यो विमान ३५००० फिटसम्मको उचाइमा उडान भर्ने गरी डिजाइन गरिएको छ।

कम्पनीका सीईओका अनुसार यो सफल उडानले उक्त विमान व्यावसायिक उडानका लागि योग्य भएको पुष्टि गरेको छ। यो विमान बोइङ ७४७ को ६ वटा इन्जिन जडान गरिएको छ। यसले हावामा हाइपरसोनिक एयरक्राफ्ट लन्च गर्न सकिन्छ।

यो विमानको परीक्षण उडान अमेरिकाको क्यालिफोर्नियामा गरिएको थियो। यो विमानको पंखा ११७ मिटर चौडाइको छ। 

स्ट्रेटोलन्च कम्पनीका स्थापना माइक्रोसफ्टका सहसंस्थापक पल एनले सन् २०११ मा स्थापना गरेका थिए। सन् २०१८ यो पलको निधनसँगै यो कम्पनी बिक्री भएको थियो। 

कम्पनीका नयाँ मालिक अब यो विमानबाट हाइपरसोनिक रकेट लन्च गर्न चाहन्छन्। जसको गति ध्वनिभन्दा ५ गुणा बढी हुनेछ। – एजेन्सी