काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा मन्दी चपेटामा पर्न सक्ने देखिएको छ। 

मुद्रास्फीति चरम सीमामा छ। ब्याज दर बढिरहेको छ। घर बिक्री लगातार घटिरहेको छ। 

सन् २०२२ को पहिलो त्रैमासिकमा अमेरिकाको जीडीपी घटेको छ। अमेरिकी सेयर बजारका लागि पनि अप्रिल महिना निकै खराब रह्यो। अप्रिल २००८ को अक्टोबर पछि नास्डाकका लागि सबैभन्दा खराब महिना थियो। यो महिना एस एन्ड पीका लागि मार्च २०२० पछिको सबैभन्दा खराब पनि थियो। जसका कारण अमेरिकामा मन्दीको डर बढेको छ। धेरै विज्ञ यसलाई मन्दीको संकेत मान्छन्।

यद्यपि धेरै अर्थशास्त्रीले अमेरिकामा तत्काल मन्दीको खतरा नरहेको दाबी गर्छन्। तर, जनताले अर्थतन्त्रमा खतरा पर्न सक्ने महसुस गर्न थालेका छन्। 

यदि अर्थतन्त्र लगातार दुई त्रैमासिकमा गिरावट जारी राख्छ भने यसलाई मन्दी भनिन्छ। विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका मन्दीको चपेटामा पर्यो भने त्यसको असर सम्पूर्ण विश्वमा देख्न सकिन्छ। 

सन् २००८ मा लेहमन ब्रदर्स संकटका कारण मन्दी आएको थियो भने मार्च २०२० मा कोरोना महामारी (कोभिड–१९) को प्रकोपले विश्वभरका सेयर बजार तहसनहस बनाएको थियो।

सेयर बजारमा गिरावट

अप्रिलको अन्तिम कारोबार दिन शुक्रबार नासडक ४.२ प्रतिशतले घट्यो। एस एन्ड पी ५०० लगभग ३.६ प्रतिशत घट्यो भने डाउमा ९४० अंक अर्थात २.८ प्रतिशतको गिरावट आयो। शुक्रबार नै अमेरिकामा मुद्रास्फीतिको तथ्यांक पनि आएको थियो। कोर व्यक्तिगत व्यय मूल्य सूचकांक गत वर्षको तुलनामा ५.२ प्रतिशतले बढेको छ। यसले अमेरिकी अर्थतन्त्रमा संकटको संकेत गरिरहेको छ। 

रुस र युक्रेनबीच चलिरहेको रुस युक्रेन युद्धका कारण विश्वभर वस्तुको मूल्यमा तीव्र वृद्धि भएको छ। यसले दोस्रो त्रैमासमा कम्पनीहरुको कार्यसम्पादनमा पनि असर पार्न सक्छ।

अर्कोतर्फ चीनको अर्थतन्त्र पनि कमजोर बन्दै गएको छ। कोरोनाका कारण धेरै सहरमा लकडाउनको अवस्था छ। यसले विश्वभरको आपूर्ति शृंखलालाई असर गरेको छ। यसले विशेषगरी बहुराष्ट्रिय कम्पनीलाई असर गरिरहेको छ। 

नास्डक आफ्नो हाई लेबलबाट २३ प्रतिशत तल आइसकेको छ। एस एन्ड पी ५०० यसको उच्चबाट १३ प्रतिशत तल छ र डाउ यसको रेकर्ड उच्चबाट १० प्रतिशत तल आएको छ। 

बैंक अफ अमेरिकाका विश्लेषकहरूले यस वर्षका लागि एस एन्ड पी ५०० पूर्वानुमान १०० अंकले घटेर ४५०० कायम भएको छ। परिसूचक अझै १० प्रतिशतले घट्न सक्ने उनीहरुको अनुमान छ। यसले गर्दा अमेरिकामा मन्दीको सम्भावना एक तिहाइले बढ्ने देखिएको छ। 

मन्दीको डर

यद्यपि धेरै अर्थशास्त्रीहरु अमेरिकामा मन्दीको तत्काल सम्भावना नरहेको दाबी गर्छन्। 

एनबीसी न्यूजका अनुसार प्यान्थियोन म्याक्रोइकोनोमिक्स अनुसन्धान समूहका मुख्य अर्थशास्त्री इयान सेफर्डसनले जीडीपी तथ्यांकका बारेमा एउटा नोटमा भने, ‘यो केवल हल्लामात्र हो, संकेत होइन। अर्थतन्त्र मन्दीमा जाँदैन।’

कमेरिका बैंकका प्रमुख अर्थशास्त्री बिल एडम्सले पनि उपभोक्ता खर्च, लगानी र रोजगारी वृद्धि स्वस्थ रहेको बताएका छन्।

तर धेरै विज्ञहरुले अमेरिकी अर्थतन्त्रका लागि धेरै चुनौतीहरु रहेको विश्वास गर्छन्। 

वित्तीय सेवा समूह (आईएनजी)का प्रमुख अन्तर्राष्ट्रिय अर्थशास्त्री जेम्स नाइटलीले भने, ‘हामी यस्तो अवस्थामा छौँ, जहाँ तेल र खाद्यान्नको मूल्य बढेको कारणले जनता महँगीको मार छन् तर आम्दानी त्योअनुसार बढिरहेको छैन। उपभोक्ताको पछिल्लो तथ्यांकले पनि बढ्दो महँगीप्रति जनता चिन्तित रहेको देखाएको छ।’

अमेरिकामा धेरै वर्षदेखि ब्याजदर निकै कम छ। तर चाँडै यो अवस्था परिवर्तन हुँदैछ। फेडरल रिजर्भले अर्को हप्ता फेरि ब्याजदर बढाउने संकेत दिएको छ।

बेरोजगारी बढ्न सक्छ

यी संकेतहरु यथार्थमा परिणत भएमा देशमा बेरोजगारी बढ्ने र तलब वृद्धिको गति सुस्त हुन सक्ने विज्ञहरु बताउँछन्। कतिपय अर्थशास्त्रीले मुलुकमा ४० वर्षकै चरम उत्कर्षमा पुगेको महँगी लामो समयसम्म कायम रहने बताउँछन्। 

बैंक अफ अमेरिकाले गत हप्ता आफ्ना ग्राहकलाई एउटा नोटमा भने कि मन्दीको जोखिम कम रहन्छ तर २०२३ मा बढ्न सक्छ। यो किनभने महँगीले फेडलाई ब्याजदर बढाउन बाध्य पार्न सक्छ। –एजेन्सी