काठमाण्डौ ।  काठमाण्डौको ठमेलस्थित एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ फेरि पनि विश्वकै उत्कृष्ट क्लबमध्ये ४९औँ स्थानमा पर्न सफल भएको छ। केही समयअघि क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको थियो। 

सन् २०२३ का लागि विश्वभरिका सय उत्कृष्ट नाइट क्लबमध्ये ठमेलको एलओडी ४९औँ लोकप्रिय नाइट क्लब बन्न सफल भएको हो। यूकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४९औँ स्थानमा परेको हो। 

बेलायतको मासिक पत्रिका डिजे म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरुको छनौट गर्ने गर्छ। 

यसअघि सन् २०२२ का लागि ‘एलओडी’ विश्वकै उत्कृष्ट क्लबमध्ये ५२औँ स्थानमा प्रवेश गरेको थियो। यसपटक पनि एलओडी डिजे म्याग टप १०० को छनौट भएर ४९औँ स्थानमा पर्न सफल भएको क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए। 

क्लबसँगै राष्ट्रको नाम सँगसँगै जोडिएकाले गर्वको अनुभूति भएको क्लबका निर्देशक कुँवर बताउँछन्। कुँवरका अनुसार उक्त क्याम्पियनमा विश्वभरिका ५०० क्लब सहभागी भएका थिए। नेपालबाट विश्वका सय उत्कृष्ट क्लबभित्र पर्दा नेपालका क्लब व्यवसायीहरुले पनि राष्ट्रको नाम विश्वसामु चिनाउने गरी काम गरेको निर्देशक कुँवर बताउँछन्। एलओडीले नेपालमा पारिवारिक क्लबिंग अनुभवको नयाँ आयाम थप्दै गएको निर्देशक कुँवर बताउँछन्। 

क्लबलाई उत्कृष्ट स्थानमा पार्न सबै जनाको साथ र सहयोग रहेको कुँवरले बताए।

डिजे म्यागले सो तथ्याङ्क सार्वजनिक गरेसँगै यो उपलब्धिले एलओडी क्लबलाई नेपालको नम्बर वान क्लबका रुपमा फेरि पनि चिनाउन सफल भएको छ। एलओडीले नेपालको क्लबिङ संस्कृतिलाई प्रवर्द्धन गरी क्लबप्रेमीहरुलाई उदाहरणीय क्लबिङ अनुभव प्रदान गर्दै आएकोे छ। 

गुणस्तरीय सेवासुविधाहरुका साथै आधुनिक प्रविधि, जीवन्त वातावरण र गुणस्तरीय संगीतले आकर्षण गर्दै आएको एलओडी निरन्तर रुपमा क्लबिंग अनुभव रोमाञ्चक बनाउन अघि बढ्दै गएको पाइन्छ। रात्रीकालीन जीवनका पारखी तथा विदेशी पर्यटकहरुलाई क्लबले आकर्षण गरेको छ।