काठमाण्डौ । कोटलर इम्प्याक्टको साझेदारीमा यो वर्ष एसेन्डिफ्लाईले ‘ई–वर्ल्ड मार्केटिङ समिट २०२१’ नोभेम्बरमा गर्ने भएको छ। 

वर्तमान अवस्थालाई मध्यनजर गर्दै यस वर्ष पनि ई–वर्ल्ड मार्केटिङ समिट नोभेम्बर ६, ७ र ८ मा अनलाइनबाट हुने भएको हो। सन् २०१० मा आधुनिक मार्केटिङका पिता फिलिप कोटलरले स्थापना गरेका यस सम्मेलनमा उद्योगका विशेषज्ञ, शिक्षाविदका साथै विश्वभरको व्यवसायी एकसाथ आ–आफ्नो साझा विचार प्रकट गर्ने गरेका छन्।

विश्वको सबैभन्दा ठूलो यस मार्केटिङ इभेन्टमा १०४ भन्दा धेरै देशबाट लाखौँ मानिस सहभागी हुने भनिएको छ। पहिलेभन्दा धेरै र रोमाञ्चक विषयहरु समावेश गरिएको ४८ घन्टा लामो यस अनलाइन कार्यक्रममा ११० भन्दा बढी अन्तर्राष्ट्रिय वक्ताहरु छन्।

विभिन्न राष्ट्रिय र बहुराष्ट्रिय कम्पनी, शैक्षिक संस्था र विश्वविद्यालय भाग लिने यस सम्मेलनको विषयवस्तु ‘हेल्लो टुमरो ः बिल्डिङ द नेक्स्ट न्यु नर्मल’ रहेको छ। यो सम्मेलनमा कुनै पनि क्षेत्रको विद्यार्थी, शिक्षक, अधिकारी, विशेषज्ञ तथा सबै उत्साही व्यक्तित्व सहभागी हुन सक्नेछन्।

विश्व प्रसिद्ध शिक्षाविद्, प्रोफेसर, आर्थिक सल्लाहकारका साथै अन्य धेरै विशेषज्ञले आफ्नो अत्याधुनिक धारणा, समय सान्दर्भिक सफलता कथा र प्रभावकारी रणनीति प्रस्तुतीकरण गर्ने यस सम्मेलनमा वर्ल्ड मार्केटिङ समिटको वेबसाइटमा आफ्नो नाम दर्ता गरी सहभागी हुन सकिन्छ। https://ascendifly.com/e–wms/ लिंकमार्फत आफ्नो नाम दर्ता गर्न सकिनेछ।