काठमाण्डौ । अमेरिकाको सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक डुबेपछि विश्व सेयर बजारमा आज पनि गिरावट आएको छ। 

विश्वमा आर्थिक संकटको समस्या देखिएपछि विश्वभरका लगानीकर्ताको मनोबल कमजोर बन्दा सेयर बजारमा गिरावट आएको हो। खासगरी क्रिप्टोकरेन्सीमा लगानी गर्ने बैंकहरु यसको सिकार बनेका छन्। 

योसँगै अमेरिकी परिसूचक डाउ जोन, एसएन्डपी ५००, नास्डक तथा जर्मनीको ड्याक्स र भारतको सेन्सेक्समा गिरावट आएको छ। यो समाचार तयार पार्दासम्म जर्मनको ड्याक्स पनि गिरावट जारी रहेको छ।  

क्रिप्टोकरेन्सीको राजा मानिने बिटक्वाइनमा भने ८ प्रतिशतले उछाल आएको छ। योसँगै इथेरियम पनि ८ प्रतिशत, बीएन्डबी ८ प्रतिशत र यूएसडी क्वाइनको ४ प्रतिशतले बढोत्तरी आएको छ। 

पछिल्लोपटक अमेरिकाको केन्द्रीय बैंकले समस्याग्रस्त बैंकहरुलाई छलफलमा बोलाएपछि लगानीकर्ताहरुको मनोबल बढेको हो। –एजेन्सी