काठमाण्डौ । दक्षिण कोरियाली कार निर्माता कम्पनी ह्युन्डाई मोटर र किया कर्पले सन् २०२२ मा विश्वभर संयुक्त रुपमा कार बिक्री १२.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेका छन्।
सन् २०२१ मा चिप अभावका कारण लक्ष्यभन्दा कम कार बिक्री भए पनि यी दुवै कम्पनीले सन् २०२२ मा भने कारको बिक्री बढ्ने अनुमान गरेका हुन्। ह्युन्डाई मोटर र किया कर्पले सन् २०२१ मा विश्वभर संयुक्त रुपमा ६६ लाख ७० हजार युनिट कार बिक्री गरेका थिए। जुन ६९ लाख २० हजार को लक्ष्यभन्दा ३.७ प्रतिशत कम हो। चिप अभावजस्ता आपूर्ति समस्याका कारण कारको बिक्रीमा कमी आएको थियो।
ह्युन्डाई मोटर र किया कर्पले संयुक्त रुपमा विश्वभर यो वर्ष ७४ लाख ७० हजार युनिट कार बिक्री गर्ने लक्ष्य राखेको जनाएका छन्।
सन् २०२२ मा बजार हिस्सा बढाउने, चिप आपूर्तिलाई सहज र स्थिर राख्दै मुनाफालाई बलियो बनाउने, उत्पादन तालिका मिलाउने, इलेक्ट्रिक कारको लाइनअपलाई मजबुत बनाउने र क्षेत्रगत रुपमा बिक्री मुनाफा बढाउने र घाटा कम गर्नेजस्ता योजनाहरु रहेको ह्युन्डाई मोटरले जनाएको छ। – एजेन्सी
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago