काठमाण्डौ । विश्वमा थुप्रै ठूला कम्पनीहरु छन्। कतिपय कम्पनीहरुको मार्केट भ्याल्यू थुप्रै देशको जीडीपीभन्दा पनि धेरै छ। यस्ता कम्पनीहरुमा कार्यरत कर्मचारीको संख्या पनि लाखौँ रहेको छ। 

आउनु यस्ता टप ५ कम्पनीका बारेमा चर्चा गरौँ, जहाँ सबैभन्दा धेरै कर्मचारी कार्यरत छन्।

वालमार्ट

विश्वमै सबैभन्दा धेरै कर्मचारी वालमार्टमा कार्यरत छन्। कर्मचारी संख्याको हिसाबले वालमार्ट पहिलो स्थानमा छ। यो कम्पनी २३ लाख बढी कर्मचारी कार्यरत छन्। यो कम्पनीले विभिन्न सामानको रिटेल र होलसेल व्यापार गर्छ। 

अमजेन

अमजेन विश्वकै सबैभन्दा ठूलो ई–कमर्स कम्पनीका रुपमा परिचित छ। कर्मचारीको संख्याको हिसाबले यो कम्पनी दोस्रो स्थानमा छ। यस कम्पनीमा काम गर्ने कर्मचारीको संख्या १२ लाख बढी रहेको छ। 

भोल्सवागेन

भोल्सवागेन एउटा अटो कम्पनी हो। यो कम्पनी विश्वकै ठूलो अटो कम्पनीहरुमध्ये एउटा हो। यसमा कुल ६.६ लाख कर्मचारी छन्। कर्मचारी संख्याको हिसाबले यो तेस्रो स्थानमा रहेको छ।

फेडएक्स

कर्मचारी संख्याको हिसाबले फेडएक्स कम्पनी चौथो स्थानमा रहेको छ। यो कम्पनीमा कुल ५.७ लाख कर्मचारी कार्यरत छन्। यो कम्पनीले ट्रान्सपोर्ट र ई–कमर्सको काम गर्छ।

एक्सेन्चर

विश्वका टप ५ कम्पनीमध्ये एक्सेन्चर पाँचौँ स्थानमा छ। आईटी र कन्सल्टेन्सी सेवा दिने यो कम्पनीमा कुल ५.३ लाख कर्मचारी कार्यरत छन्। – एजेन्सी