काठमाण्डौ । युक्रेन र रसियाको युद्ध चिर्किरहेको अवस्थामा विश्व सेयर बजारमा गिरावट जारी रहेको छ।
पछिल्लोपटक अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएपछि यसको प्रत्यक्ष प्रभाव पनि विश्व सेयर बजारमा परेको छ। टेक कम्पनीहरुको सूचक नास्डक कम्पोजिट बुधबारसम्मको गिरावटमा उच्च विन्दुबाट ३४ प्रतिशतले तल झरेको छ। यो भनेको सन् २०२० को जुलाईपछिकै सबैभन्दा तल्लो विन्दु हो।
बुधबार नास्डक कम्पोजिट १.१ प्रतिशत अर्थात ११६ अंक गुमाउँदै १०४२६ मा कारोबार भएको छ।
त्यसैगरी एसएन्डपी ५०० पनि उच्च विन्दुबाट २४.७ प्रतिशतले गिरावट आएर ३५८८ को विन्दुमा कारोबार भएको छ। ३६७९९ को उच्च विन्दुमा पुगेको डाउ जोन पनि ७ हजारभन्दा बढी अंक गुमाउँदै हाल २९२३९ मा कारोबार भएको छ।
अमेरिकामा वित्तीय अवस्था कमजोर हुँदै गर्दा केन्द्रीय बैंकले क्रमशः ब्याजदर बढाएको छ। निरन्तर ब्याज बढ्दा विश्व सेयर बजारमा पनि भारी गिरावट आउने क्रम जारी रहेको छ। –एजेन्सी
23 minutes ago
41 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago