काठमाण्डौ । विश्व बजारमा सेयर तथा सुनका लगानीकर्ताहरु यतिबेला डिजिटल मुद्रा बिटक्वाइनतर्फ आकर्षित भइरहेका छन्। 

बिटक्वाइनमा ५५ वर्षभन्दा माथि उमेर समूहका पेन्सेनरहरु अझ बढी आकर्षित भएको पाइन्छ। समाचार एजेन्सीहरुका ७० प्रतिशतभन्दा बढी पेन्सनरहरु बिटक्वाइनमा आकार्षित भएको पाइएको छ। यो वर्षको सुरुदेखि नै बढ्न सुरु गरेको यो डिजिटल मुद्राको मूल्य अहिलेसम्म ६० प्रतिशतसम्म भन्दा बढीले उकालो लागिसकेको छ। 

विश्व बजारमा खासगरी सुनलाई सुुरक्षित लगानीका रुपमा लिइन्छ । तर पछिल्लो समय बिटक्वाइनमा आकर्षण बढ्न थालेपछि आलोचकहरुयसमा गरिने लगानी अधिक जोखिम हुन सक्ने तर्क गर्दै आएका छन्। उनीहरुले पेन्सनरहरुलाई सचेत गराउँदै निकै उत्तारचढाबका कारण बिटक्वाइनको मूल्यमा भारी गिरावट आउन सक्ने बताएका छन्। 

हाल बिटक्वाइनको बजारमूल्य ४८ हजार ८५४ डलर रहेको छ। – एजेन्सी